रास्वपाले घुमन्ते उम्मेदवारहरू निकाल्यो : महेश बस्नेत
सारांश
- एमाले सचिव महेश बस्नेतले रास्वपाले घुमन्ते उम्मेदवारको चलन चलाएको आरोप लगाए।
- बस्नेतले केपी ओलीलाई सदनमा आउन नदिने भन्दै बालेन शाह झापा जान लागेको बताए।
- उनले जेनजी आन्दोलनको घटनामा रवि लामिछाने र बालेन शाहलाई जिम्मेवार बनाउनुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर घुमन्ते उम्मेदवार जाने चलन चलाएको बताएका छन् । शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।
‘अहिले फेरि केपी ओलीलाई सदनमा आउन नदिने भनेर काठमाडौँ महानगरका मेयर बालेन शाह झापा जाँदैछन्’, बस्नेतले भने, ‘आफू जन्मेको ठाउँमा चुनाव लड्ने होला । आफू हुर्केको र मतदाता भएको ठाउँमा चुनाव लड्ने होला । अहिले घुमन्ते उम्मेदवारहरू देशभरि जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ । घुमन्तेहरूलाई घुमाइदिनुस् । विकास देखाइदिनुस्, समृद्धि देखाइदिनुस् । भोट नेकपा एमालेलाई हाल्नुस् ।’
नेता बस्नेतले यसपालिको निर्वाचनमा घुमन्ते उम्मेदवार बाइबाई र रैथाने उम्मेदवार हाई हाईको नारा लगाउन एमाले कार्यकर्तालाई आग्रह समेत गरे । यो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्दै आएको झापा–५ बाट रास्वपा नेता बालेन शाह चुनाव लड्न लागेपछि बस्नेतले यस्तो बताएका हुन् ।
बस्नेतले जेनजी आन्दोलनका क्रममा रवि लामिछाने जेलबाट भागेपछि अन्य कैदी पनि भागेको र त्यस क्रममा १२ जना कैदी मरेको जिम्मा रवि लामिछाने र बालेन शाहहरूले लिनुपर्ने दाबी समेत गरे ।
जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको एक–एक हिसाब हुने भन्दै उनले हत्या हिंसाको बाटो रोज्ने वा विकास र सम्मृद्धिको बाटो रोज्ने भन्ने कुरा नेपालका युवाहरूको काँधमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण