बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्न : लिपुलेकबारे तपाईंको स्टेटमेन्ट के हो ?
सारांश
- एमाले युवा संघका अध्यक्ष थेबेले बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे धारणा सार्वजनिक गर्न चुनौती दिए।
- थेबेले नयाँ राजनीतिक दलहरूसँग ठोस नीति र एजेण्डा नभएको आरोप लगाए, र बहसका लागि शाहलाई चुनौती दिए।
- उनले एमालेले देशव्यापी विद्युत विस्तार गरेको र लिम्पियाधुरा लगायतका विषयमा पार्टीको अडानबारे बताए।
काठमाडाैँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् । राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? थेबेको प्रश्न छ । उनले नयाँ भनिएका राजनीतिक दलहरुसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गरे । उनले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरुसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिए । उनले मुलुकभर विद्युत विस्तार समेत एमालेको नेतृत्वमा भएको जिकिर गरे ।
उनले भने, ‘नयाँहरुसँग केही एजेण्डा छैन । एजेण्डा भए आमसञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन् ? एजेण्डा भए पो आउनु । हिजो राणाकालमा ६ प्रतिशतले बिजुली पाएका थिएँ । हामीले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पुर्याएका छौँ । हामीले परिवर्तन गरेका छौँ । सबै सार्वजनिक विद्यालयमा आइटीको विकास गरेका छौँ । भ्रष्टाचारमा शून्य सहनशीलताका साथ हामी अगाडि बढेका छौँ । हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन ? हुनेवाला प्रधानमन्त्रीज्यू तपाईको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? ’
अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण