क्यानडामा बनेका विमानको प्रमाणीकरण खारेज गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा बनेका सबै विमानको प्रमाणीकरण (सर्टिफिकेसन) खारेज गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले ती विमानमा ५० प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल लगाउने धम्की समेत दिएका छन् ।
उनले विशेष गरी क्युबेकस्थित बम्बार्डियर कम्पनीले उत्पादन गर्ने ‘ग्लोबल एक्सप्रेस’ व्यवसायिक जेटलाई लक्षित गरेका छन् ।
क्यानडाले अमेरिकी कम्पनी गल्फस्ट्रिमका विमानहरूलाई प्रमाणीकरण प्रक्रियामार्फत क्यानडामा बिक्री गर्न नदिएको आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’मा उल्लेख गरेका छन् ।
उक्त अवस्था तुरुन्त नसच्याइए अमेरिकामा बिक्री हुने सबै क्यानडेली विमानमा ५० प्रतिशत कर लगाइने उनले चेतावनी दिएका छन् ।
यो कदम ट्रम्प सत्तामा आएयता अमेरिका–क्यानडा सम्बन्धमा देखिएको तनावको पछिल्लो कडी हो ।
यसअघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी अधिकारीहरूसँग अल्बर्टाका पृथकतावादीहरूको भेट भएको समाचारपछि क्यानडाको सार्वभौमिकताको सम्मान गर्न ट्रम्पसँग आग्रह गरेका थिए ।
केही दिनअघि ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरे एक सय प्रतिशत कर लगाउने धम्कीसमेत दिएका थिए ।
ट्रम्पसँग विमान डीसर्टिफाइ गर्ने कानुनी अधिकार छ कि छैन भन्ने कुरा स्पष्ट छैन । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले सिधै विमानको प्रमाणीकरण खारेज गरेको उदाहरण छैन ।
विमान सुरक्षा सम्बन्धी निर्णय सामान्यतः सङ्घीय उड्डयन प्रशासनले गर्ने विज्ञहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण