सहिद दिवस आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ
काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले सहिद दिवस केवल सम्झनामा सीमित रहने दिन नभई आत्मसमीक्षा र भावी प्रतिबद्धताको महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।
उनले सहिदका सपना कागजमा नभई व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउ । आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित राष्ट्रिय सहिद दिवस–२०८२ तथा जेनजी सुशासन योद्दा र अमर प्रहरीहरूको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रममा मन्त्री चौलागाईँले सहिदलाई एक दिनमात्र होइन, सधैँ स्मरण गर्नुपर्ने उल्लेख गरे ।
सहिदको बलिदानले नै आजको व्यवस्था सम्भव भएको भन्दै उद्लेद उनीहरूप्रतिको कदर व्यवहारमै देखिनुपर्ने धारणा राखे । “राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्छ । कुनै भूगोल, कुनै क्षेत्र किन पछाडि परिरहेको छ भन्ने कुरा गम्भीरतापूर्वक बुझ्नुपर्छ”, उनले भने, “राज्यले आफ्ना सबै नागरिकका हकअधिकार समान रूपमा सुनिश्चित गर्नुपर्छ ।”
मन्त्री चौलागाईँले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्वतन्त्र व्यक्ति भएको स्पष्ट पार्दै राज्यको बेवास्ताका कारण नागरिकहरू सडकमा आउन बाध्य हुने अवस्था सृजना भएको जिकिर गरे । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेश राज्यका नीतिगत कमजोरीका कारण पछाडि परेको उनको भनाइ थियो ।
“म कर्णाली प्रदेशको व्यक्ति हुँ । म कुनै दलमा आबद्ध छैन, मैले कर्णालीका पीडाका विषयमा निरन्तर लेख्दै आएको छु,” उनले भने, “विगतदेखि राज्यले कर्णाली र सुदूरपश्चिमलाई किन पछाडि पार्याे ? त्यहाँका नागरिक के नेपाली होइनन् ?”
कार्यक्रममा सहभागी सहिद परिवार तथा घाइते व्यक्तिहरूले आफूहरूले राष्ट्रका लागि दिएको बलिदानको उचित कदर अहिलेसम्म हुन नसकेको भन्दै गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण