बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै
शनिबार, १७ माघ २०८२, १२ : २०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ । डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।
बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले जानकारी दिए । त्यसका लागि रु ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
त्यसैगरी, बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि रु दुई करोड २१ लाख २३ हजार ८९९ को लागतमा बक्स कल्भर्ट निर्माण गरिने जानकारी उनले दिए । आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण