फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
मनिला । मध्य फिलिपिन्सको टाक्लोबानस्थित सान होसे नेशनल हाई स्कुलमा भएको गोलीकाण्डमा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।
प्रहरीका अनुसार १४ र १५ वर्ष उमेरका दुई विद्यार्थीले विद्यालयभित्र गोली चलाएका थिए । अनुसन्धानकर्ताहरूले उनीहरूलाई विद्यालयमा भएको दुर्व्यवहार (बुलिङ) का कारण उत्पन्न भएको रिस वा प्रतिशोधले यस्तो घटना गराएको हुन सक्ने बताएका छन् ।
घटनापछि एक संदिग्धलाई तत्काल पक्राउ गरिएको थियो भने अर्कोले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेको छ । उनीहरूसँग ३८ क्यालिबरको रिभल्भर र ९ एमएम पेस्तोल रहेको बताइएको छ । तीमध्ये ९ एमएम पेस्तोल एक प्रहरी महिलाको भएको र ती प्रहरीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
राष्ट्रिय प्रहरीका प्रवक्ता कर्नेल एलन रे कोका अनुसार दुवै किशोर सिधै कक्षाकोठामा प्रवेश गरेर कुनै चेतावनी नदिई गोली चलाउन थालेका थिए । घटनास्थलबाट करिब ४० वटा खाली गोलीका खोका बरामद गरिएको छ। यस घटनामा तीन जनाको ज्यान गएको छ भने तीन जना गोली लागेर घाइते भएका छन् । भागदौडका क्रममा थप चार जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा एक संदिग्धको सामाजिक सञ्जालमा बन्दुक चलाइरहेको हिंसात्मक भिडियो भेटिएको बताइएको छ । प्रहरीका अनुसार यस्ता 'चेतावनी संकेत' समयमै पहिचान गरिएको भए घटना रोक्न सकिने थियो । मृतक एक १५ वर्षीय विद्यार्थीकी आमा जेनेलिन बडोरियाले बालबालिकाको पहुँचमा बन्दुक पुग्न दिने व्यक्तिलाई पनि कानुनी कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
टाक्लोबान सिटी प्रहरीका अनुसार हालका वर्षहरूमा यो सहरमा विद्यालयभित्र भएको पहिलो गोलीकाण्ड हो । प्रहरीले अभिभावकहरूलाई घरमा रहेका हतियार सुरक्षित रूपमा राख्न र बालबालिकासँग नियमित संवाद गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण