मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

काठमाडौंमा राष्ट्रिय जनमोर्चाको ३०१ सदस्यीय प्रचारप्रसार समिति गठन

शनिबार, १७ माघ २०८२, १८ : ४८
शनिबार, १७ माघ २०८२

काठमाडौँ । काठमाडौँमा राष्ट्रिय जनमोर्चाको निर्वाचन केन्द्रित तयारी भेला सम्पन्न भएको छ ।

केन्द्रीय सल्लाहकार आनन्द शर्माको प्रमुख आतिथ्यमा २०८२ माघ १७ गते शनिबार राजमो केन्द्रीय कार्यालय भवनको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि शर्माले भेलाको उद्घाटन गर्दै मन्तव्य राखेका थिए । त्यसपछि कार्यक्रममा राजमो सल्लाहकार तथा पूर्वसांसद हरि आचार्य, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य सुधा शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग–व्यापार संघकी केन्द्रीय उपाध्यक्ष ऋतु केसी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव धनपति सापकोटा, प्रगतिशील पत्रकार संघका महासचिव प्रकाश थापामगर, अखिल (छैटौँ) की केन्द्रीय कोषाध्यक्ष समष्टी बुढा, उद्योग–व्यापार संघका कोषाध्यक्ष बीबी अधिकारी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सगर सुवेदी तथा प्रगतिशीलका केन्द्रीय सदस्य विद्यानाथ अधिकारीको आतिथ्य रहेको थियो ।

त्यस्तै, कार्यक्रममा काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार छवि खनाल, क्षेत्र नं ५ का उम्मेदवार अशोकविक्रम सिंह (समीर सिंह), क्षेत्र नं ६ का उम्मेदवार जगत् रेग्मी, क्षेत्र नं ७ का उम्मेदवार दीर्घकुमार श्रेष्ठ, क्षेत्र नं ९ का उम्मेदवार रोशन दानी र क्षेत्र नं १० का उम्मेदवार अमर पौडेलको पनि आतिथ्य रहेको थियो ।

राजमो काठमाडौँका उपाध्यक्ष दिवाकर सुवेदीको अध्यक्षता तथा सल्लाहकार रमेश पौडेलको सञ्चालनमा सम्पन्न भेलामा सचिव तथा उम्मेदवार छवि खनालले सहभागीलाई स्वागत गरेका थिए । 

भेलाले निमबहादुर बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ । समितिको सदस्यमा झबिन्द्र बेलबासे, रमेश पौडेल, दिवाकर सुवेदी, छवि खनाल, जगत् रेग्मी, समीर सिंह, अमर पौडेल, ऋतु केसी, मुक्तबहादुर केसी, भक्त विश्वकर्मा, दीपक बन्जाडे र पूजा बेलबासे रहेका छन् । 

त्यसैगरी भेलाले झबिन्द्र बेलबासेको संयोजकत्वमा ३०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । समितिमा राजमोसम्बद्ध जनवर्गीय सङ्गठनका केन्द्रीय, जिल्ला तथा नगर समितिका सदस्यहरू समेटिएका छन् ।

यसै क्रममा भेलाले छवटै निर्वाचन क्षेत्रस्तरीय प्रचारप्रसार समिति पनि गठन गरेको छ । समितिका संयोजकहरू यसप्रकार रहेका छन्ः

काठमाडौँ क्षेत्र नं ४ मा मदन शर्मा, क्षेत्र नं ५ मा दानबहादुर खड्का, क्षेत्र नं ६ मा प्रेम भण्डारी, क्षेत्र नं ७ मा ऋतु केसी, क्षेत्र नं ९ मा झबिन्द्र बेलबासे र क्षेत्र नं १० मा धनपति सापकोटा ।

भेलाले माघ २० गतेदेखि फागुन ३ गतेसम्म घरदैलो कार्यक्रम तथा फागुन ४ गतेदेखि १८ गतेसम्म खुला प्रचारप्रसार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप