बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउँदै भारत र चीनसँगका व्यापार योजना समेटिनुपर्छ : उपाध्याय
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरूले घोषणापत्र ल्याउनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रम सुझाव दिँदै उपाध्यायले चीन र भारतको जनसङ्ख्याले खपत गर्ने सेवा र वस्तु उत्पादन गरी निर्यात गर्ने योजनासहित घोषणापत्र तयार गर्नुपर्ने बताएका हुन् ।
‘पाँच करोड ८० लाख निक्षेप खाता छन् । यसमा दोहोरिएका पनि हुन सक्छन्, यी निक्षेपकर्ताको निक्षेपलाई असर पुग्ने गतिविधि हुन हुँदैन, बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने सबैको प्राथमिकता हुनुपर्छ,’ उपाध्यायले भने, ‘भारत र चीनमा आफ्ना वस्तु बेच्ने योजना पार्टीका घोषणा पत्रमा समेट्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपासँग पद खोजेको होइन, विकास र समृद्धिको एजेन्डा साकार पार्न सहयोग गरेको हो : डा. भट्टराई
-
असारको तेस्रो साता ३२ प्रतिशत मात्रै रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम
-
साउन अन्तिम साता ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक गरिने
-
३४ हजार संस्थालाई रोयल्टी तिर्न एकसाथ पत्र, नतिरे ६ महिना कैद
-
स्वास्थ्य बीमा नाफा-नोक्सानको व्यवसाय होइन, राज्यको लगानी हो : मन्त्री मेहता
-
विशेष महाधिवेशनको जिद्दीका कारण कांग्रेस ८९ बाट ३८ सिटमा खुम्चियो: नेता विश्वकर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण