चितवनमा निर्वाचनका लागि २ हजार ९ सय बढी कर्मचारी खटिने
चितवन । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा खटिने कर्मचारीको विवरण माग गरिसकिएको छ ।
माग भएको विवरणानुसार निर्वाचनमा खटिने कर्मचारीको नामावली आउने क्रममा रहेको कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । ती कर्मचारी जिल्लामा रहेका ४९४ मतदान केन्द्रमा खटिने छन् । एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी परिचालन हुनेछन् ।
उनका अनुसार एउटा मतदान केन्द्रमा तीन स्वयम सेवकसमेत परिचालन गरिने छ । मतदान अधिकृतले स्वयम्सेवक परिचालन गर्नेछ । यसबाहेक जिल्लाका दुई स्थानमा अस्थायी मतदान केन्द्र रहने छन् । अस्थायी मतदान केन्द्रमा तीन कर्मचारी र दुईजना स्वयम सेवक खटिने छन् ।
जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्रबाट ती कर्मचारी खटिने छन् । कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ का भन्दा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ मतदान केन्द्र थपिएका छन् ।
जिल्लाको तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । त्यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण