पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा
सारांश
- नासाले पाँच दशकपछि अन्तरिक्ष यात्रीसहित चन्द्रमामा प्रक्षेपणको तयारी गर्दैछ।
- फ्लोरिडामा अभ्यास सुरु भएको छ, जसले रकेटमा इन्धन भर्ने प्रक्रियाको परीक्षण गर्नेछ।
- यो मिसन सफल भएमा, यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर पृथ्वीमा फर्किनेछन्।
अमेरिका । नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुई दिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ ।
यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाएर पृथ्वी फर्काउने मिसनको प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ । कमाण्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका अन्तरिक्ष यात्रीहरू हाल स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिनमा छन् ।
उनीहरू सन् १९७२ पछि चन्द्रमातर्फ यात्रा गर्ने पहिलो मानव टोली हुनेछन् । अन्तरिक्ष यात्रीहरूले टेक्सासको ह्युस्टनस्थित नासा केन्द्रबाट अभ्यास प्रक्रियाको निगरानी गर्नेछन् र रकेट उडानका लागि स्वीकृत भएपछि केनेडी स्पेस सेन्टरतर्फ प्रस्थान गर्नेछन् । तीन सय २२ फिट अग्लो ‘स्पेस लञ्च सिस्टम’ रकेट दुई साताअघि नै प्रक्षेपण स्थलमा सारिएको थियो ।
यदि सोमबार हुने इन्धन भर्ने परीक्षण सफल भएमा नासाले एक साताभित्र प्रक्षेपण गर्ने तयारी गर्न सक्ने जनाएको छ । परीक्षणका क्रममा रकेटमा सात लाख ग्यालोनभन्दा बढी अत्यन्त चिसो इन्धन भरिनेछ, जुन इन्जिन प्रज्वलन हुनुभन्दा करिब ३० सेकेन्डअघिसम्म पुगेर रोकिनेछ ।
यसअघि अत्यधिक चिसो मौसमका कारण इन्धन परीक्षण र प्रक्षेपण तालिका दुई दिन पछि सरेको थियो । हालका अनुसार फेब्रुअरी ८ सबैभन्दा चाँडो सम्भावित प्रक्षेपण मिति हो ।
‘ओरियन’ क्याप्सुलमा सवार अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर बिना अवतरण पुनः पृथ्वी फर्कनेछन् । करिब १० दिन लामो यस मिसनको अन्त्य प्रशान्त महासागरमा अवतरण (स्प्ल्यासडाउन) भएर हुनेछ ।
यसअघि अपोलो कार्यक्रमअन्तर्गत सन् १९६८ देखि १९७२ सम्म नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण