कर्णालीमा प्रतिपक्षले भन्यो—सरकारको गैरजिम्मेवारीका कारण गौरवको आयोजना रङ्गशाला बेहाल बन्यो
सुर्खेत । कर्णालीको प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारकै कारण प्रदेश गौरवको आयोजनाका रूपमा रहेको रङ्गशाला निर्माण नसकिँदै बेहाल अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आइतबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठकमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले यसबारे सरकारले ध्यान दिनुपर्ने बताए ।
‘प्रदेशको गौरवको संरचनाको बेहाल भएको छ, निर्माण सकिएको छैन, अलपत्र बन्यो,’ उनले भने, ‘अहिलेसम्म ठेकदारले ९ करोड भुक्तानी पाएको छैन ।’
राजधानी वीरेन्द्रनगरमै भएको यति ठुलो भौतिक संरचनाप्रति सरकार गैर जिम्मेवार बनेको उनको भनाइ छ ।
साथै उनले अर्को प्रादेशिक गौरवको आयोजना भनिएको ‘कर्णाली सिंहदरबार’ को ठेक्का प्रक्रियामा गम्भीर प्रश्न उठेको विषयबारे पनि ध्यानाकर्षण गराए ।
ठेक्का प्रक्रिया पारदर्शी नभएको भन्दै मिडियामा समाचार आएकाले उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण