टोटनह्याम र म्यानचेस्टर सिटीबिचकाे खेल बराबरी
सोमबार, १९ माघ २०८२, ०० : २२
सारांश
- टोटनह्याम र म्यानचेस्टर सिटीबीचको खेल २-२ गोलको बराबरीमा टुङ्गियो।
- म्यानचेस्टर सिटीका रायन चेरकी र एन्टोइन सेमेन्योले गोल गरेर अग्रता दिलाए।
- टोटनह्यामका डोमिनिक सोलान्केले दुई गोल फर्काएर खेल बराबरीमा ल्याए।
काठमाडौँ। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम नतिजा बराबरीमै सीमित रह्यो ।
खेलको ११ औँ मिनेटमै म्यानचेस्टर सिटीका रायन चेरकीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ४४औँ मिनेटमा एन्टोइन सेमेन्योले अर्को गोल थप्दै सिटीलाई पहिलो हाफमा २–० को मजबुत अवस्थामा पुर्याए ।
तर दोस्रो हाफमा टोटनह्याम आक्रामक रूपमा फर्कियो । घरेलु टोलीका डोमिनिक सोलान्केले ५३औँ मिनेटमा पहिलो गोल गर्दै खेलमा पुनः आशा जगाए । त्यसपछि ७०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले खेललाई २–२ को बराबरीमा ल्याए ।
त्यसपछिका मिनेटहरूमा दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । खेल बराबरीमा सकिँदा दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण