तनाव भगाउन टाउको तन्काउँदा महिलालाई भयो स्ट्रोक
हामीमध्ये धेरैको औँला पड्काउने, घाँटी तन्काउने आदि बानी हुन्छ । तर यस्तो सामान्य बानी कसैको लागि दुर्घटनाको कारण बन्न सक्छ भनेर तपाईं पत्याउनु हुन्छ ? अमेरिकाकी के–लिन फेल्थागरलाई आफ्नो घाँटी तन्काउनु महँगो भयो ।
वालमार्टबाट घर फर्किँदै गर्दा उनले कामको थकान कम गर्न घाँटी दायाँतिर तन्काएकी थिइन् । घाँटी कर्याक्क गर्यो अनि असामान्य तीखो दुखाइ महसुस गरिन् । केही दिनसम्म पनि दुखाइ नगएपछि पनि उनले चिकित्सककहाँ देखाउन गइनन् । सामान्य पेनकिलरमै भर परेर बसिन् ।
पाँच दिनपछि घरको भान्सामा मेकअप गरिरहँदा अचानक उनको दायाँ आँखामा तीव्र उज्यालो चमक देखियो । यसपछि उनले दृष्टि गुमाइन् । यसको १५ मिनेटमा दृष्टि फर्कियो पनि । उनले यसलाई सामान्य घटना ठानिन् । तर केही क्षणमै शरीरको दायाँ भाग झमझमाउन थाल्यो, बिस्तारै उनी अवसन्न भइन् । बोल्न खोज्दा स्पष्ट शब्द निस्कनुको सट्टा अस्पष्ट आवाज मात्र आयो । उनका पतिले तुरुन्तै उनलाई अस्पताल पुर्याए । अस्पतालमा गरिएको सीटी स्क्यानले उनलाई स्ट्रोक भएको देखायो । चिकित्सकहरूले घाँटी तन्काउँदा क्यारोटिड धमनी चिरा परेको, त्यसबाट रगत जमेर मस्तिष्कसम्म पुगेको र स्ट्रोक निम्तिएको बताए । सौभाग्यवश रगतको ढिक्का आफैँ पग्लिएकाले शल्यक्रिया गर्नु परेन ।
फेल्थागर अहिले पूर्ण रूपमा निको भइसकेकी छिन् । ‘शरीरप्रति हेर्ने मेरो दृष्टिकोण नै बदलिएको छ,’ उनले भनिन् । स–सानो बानीले पनि गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने देखेर उनी छक्क परेकी छिन् । चिकित्सकहरूका अनुसार घाँटी अत्यन्त संवेदनशील अङ्ग हो । यसलाई जोरसँग मोड्नु, झट्का दिनु वा बारम्बार तन्काउने गर्नुले धमनीमा चोट लाग्ने, रगत जम्ने र अन्ततः स्ट्रोकको जोखिम बढाउन सक्छ ।
विशेषज्ञहरूले घाँटीमा कुनै किसिमको दुखाइ भएमा चिकित्सकसँग परामर्श लिन सल्लाह दिएका छन् । यो घटना साधारण दैनिक क्रियाकलाप पनि कसरी घातक हुन सक्छ भन्ने चेतावनी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण