मधेसका निलम्बित सांसद सिंहसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
सारांश
- मधेस प्रदेशका निलम्बित सांसद सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ।
- विशेष अदालतले सिंहसहित १६ जनाविरुद्धको मुद्दामा ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागदाबी गरेको छ।
- उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा सिंह र अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर भएको थियो।
काठमाडौँ । मधेस प्रदेशका निलम्बित सांसद सरोज कुमार सिंहसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ ।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले साक्षी प्रमाण बुझ्ने आदेश दिएको हो ।
मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ ।
उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
सिंहसहित रमेश मडर,अमलेश कुमारी, दिपाराज देवी राजपूत,भिखारी राउत कुर्मी,भूपेन्द्र कुमार झा,मञ्जु देवी पासमान, रामनाथ सहनी,स्वीकृति देवी भन्ने स्वीकृति देवी,रामशरण खत्वे,बिभा देवी खत्वे,शम्भु कुमार मंडल,योगिन्द्रर महतो, सुनयना कुमारी,यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण