केपी ओली लगायत शीर्ष नेताहरूकाे नाम दुरूपयाेग आराेपमा अमेरिकी नागरिक पक्राउ
सारांश
- अध्यागमन विभागले नेताहरूको नाम दुरुपयोग गर्ने एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ।
- उक्त अमेरिकी नागरिकले कलेजको प्रचार प्रसार र विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका थिए।
- उनले नेपालमा चर्च प्लान्टिङ र व्यावसायिक भिसा लिएर काम गरेको पाइएको छ।
काठमाडाैँ । अध्यागमन विभागले राष्ट्रियस्तरका राजनीतिक नेताहरूलाई हाम्राे गतिशील टाेली भनेर नाम उल्लेख गरी पहिचान दुरुपयोग गर्ने कार्यमा संलग्न एक अमेरिकी नागरिकलाई पक्राउ गरेकाे छ।
विभागले साेमबार केपी शर्मा ओली,गगन थापा,आरजु राणा देउवा,महेश बस्नेत,विनोद चौधरी लगायत नेताहरूकाे नाम उल्लेख गरेर पहिचान दुरुपयोग गर्ने अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएकाे प्रवक्ता टीकाराम ढकालले बताए ।
यसैगरी लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीहरुको समेत नाम उल्लेख गरेको पाइएकाे प्रवक्ता ढकालले बताए ।
नी कलेजले अध्यापन गराउने भनिएका विषयहरुः कोरियन स्टडिज, एआइ सफ्टवेयर इन्जिनियरिङ्, बिजनेस् स्टडिज आदि रहेका छन् ।
सन् २०१४ देखि विभिन्न प्रयोजनका लागि नेपाल आवतजावत गरेका उनले करिब १२ वर्षको अवधिमा ५० भन्दा बढी पटक नेपाल भ्रमण गरेका छन्।
उनी पर्यटक, वर्किङ्, व्यावसायिक लगायतका भिसामा नेपाल बस्ने गरेको पाइएकाे छ ।
त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भनेर प्रचार गरिएकाे भएपनि आधिकारिक प्रमाण पेश गर्न नसकेको ढकालले बताए ।
एउटै कलेजले दुइ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्न नसक्ने प्रवक्ता ढकालले जानकारी दिए ।
साविकमा पर्वतारोहण र व्यापारिक पृष्ठभूमिका उनले नेपालमा भने कम्स्ड नेपाल प्रालिकाे नामको कम्पनी दर्ता गरी व्यावसायिक भिसा लिएको पाइएकाे छ ।
उनी नेपालमा चर्च प्लान्टिङ् लगायतका काममा संलग्न भएका रहेकाे समेत विभागले जनाएकाे छ ।
सन् २००८ मा न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरेर ‘द प्लान्टर’ नामक संस्थामार्फत् चर्चहरु प्लान्ट गरेका’ थिए ।
ललितपुरको सानेपामा नेपालको पहिलो नेपाल इन्टरनेशनल कलेज भनेर वेभसाइट तयार गरी प्रचार प्रसार गरेको पाइएकाे प्रवक्ता ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण