केवाइसी भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रिक ड्रीम्स'
काठमाडौँ । केवाइसी (KYC) ब्रान्डका इलेक्ट्रिक भ्यानको आधिकारिक वितरक ‘इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रा.लि.’ रहेको स्पस्ट गरिएको छ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै आफू सन् २०२५ जुलाई २१ देखि नै नेपालका लागि केवाइसी भ्यानको आधिकारिक वितरकको रूपमा कार्यरत रहेको जानकारी गराएको हो।
पछिल्लो समय केही तेस्रो पक्षले निजी स्वार्थका कारण विभिन्न सञ्चार माध्यममा भ्रामक समाचार र विज्ञापन सम्प्रेषण गरी ग्राहकमा अन्योल सिर्जना गर्न खोजेको कम्पनीको दाबी छ। यस्ता गतिविधिले केवाइसी ब्रान्डको बिक्री वितरणमा अवरोध पुर्याउने तथा ग्राहकलाई वारेन्टी र बिक्री पछिको सेवा (आफ्टर सेल्स सर्भिस) को सुविधाबाट वञ्चित गराउने नियत राखेको भन्दै कम्पनीले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
इलेक्ट्रिक ड्रीम्स मोबिलिटीले बजारमा फैलिएका तथ्यहिन र भ्रामक सूचनाको पछि नलाग्न आफ्ना ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, "केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको बिक्री वितरण, वारेन्टी, स्पेयर्स पार्ट्स तथा आफ्टर सेल्सका सम्पूर्ण सेवाहरू यस कम्पनीबाट सुचारु अवस्थामा रहेका छन्। सो सम्बन्धमा सम्मानित अदालत वा अन्य निकायहरूबाट कुनै रोकटोक नरहेको जानकारी गराउँदछौं।"
कम्पनीले केवाइसी ब्रान्डप्रति विश्वास र भरोसा गरी लगानी गर्ने सम्पूर्ण ग्राहकहरूको धैर्यताप्रति धन्यवाद ज्ञापन गर्दै कुनै पनि अन्योल भएमा वा थप जानकारी चाहिएमा सिधै कम्पनीको आधिकारिक नम्बरहरूमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण