क्षयरोग अस्पताल सञ्चालन गर्नेबारे बृहत् छलफल
भक्तपुर । क्षयरोगका बिरामीलाई अन्तरङ्ग सेवा सञ्चालन गर्ने लक्ष्यका साथ १०० शय्याको अस्पताल भवन निर्माण भए पनि सेवा सञ्चालनमा ल्याउन नसकिएका विषयमा साेमबार बृहत् छलफल गरिएको छ ।
सो छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सो सम्बन्धमा सङ्घीय सरकारसँग पनि समन्वय तथा पहल गर्ने बताए ।
मध्यपुरथिमिस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै उनले चार वर्ष अगाडि नै अस्पताल सञ्चालनका लागि भवन निर्माण सम्पन्न भएपनि सेवा सञ्चालन हुन नसक्नु दुःखद् भएको बताए ।
राष्ट्रिय क्षयरोग केन्द्रका कार्यकारी निर्देशक डा. भुवन पौडेलसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मगरले अस्पतालले तत्काल अन्तरङ्ग सेवा सञ्चालन गरी क्षयरोगका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचारको व्यवस्था गर्नुपर्ने धारणा राखे ।
उनले भने, “क्षयरोग केन्द्रमा यति भव्य, राम्रो भवन बनेको छ, यो भवन निर्माणका लागि बजेट व्यबस्थापन गर्न हामीले धेरै पहल गर्याैँ, १०० शय्याको अस्पताल सञ्चालन गर्नकै लागि भवन बन्यो तर सेवा सञ्चालन नहुँदा एकातिर बिरामीले उपचार पाउन सकेनन्, अर्कोतर्फ भवन अलपत्रजस्तो हुन पुग्यो । म सेवा सञ्चालनमा ल्याउन तत्काल सङ्घीय स्वास्थ्य मन्त्रीसँग छलफल गर्नेछु ।”
केन्द्रका कार्यकारी निर्देशक पौडेलले केन्द्रको अवस्था, सेवा प्रवाहलगायत देशभर सञ्चालनमा रहेको क्षयरोग नियन्त्रणका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण