साफ महिला च्याम्पियनसिपः नेपालले भुटानलाई हरायो
कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा साेमबार नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालकी सिर्जना बढुवालले खेलको ३६ औँ मिनेटमा गोल गरी घरेलु टोलीको अग्रता बनाइन् । खेलको ६९ औँ मिनेटमा नेपालले प्रजिता राईको गोलमार्फत अग्रता दोब्बर बनायो ।
खेलमा दुई गोलले पछि परेको अवस्थामा भुटानले ८७ औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । भुटानकी सोनम चोडेनले गोल गरेकी थिइन् । घरेलु टोली नेपालले भुटानलाई पराजित गरेसँगै तीन अङ्क जोड्न सफल भयो । यससँगै नेपालको फाइनल प्रवेशको सम्भावना कायम भएको छ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो । भुटानको भने दुई वटै खेलमा पराजित भएपछि फाइनल प्रवेशको ढोका बन्द भएको छ । पहिलो खेलमा भुटानलाई बङ्गलादेशले १२–० गोलले हराएको थियो ।
यसैगरी आज सम्पन्न पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले पराजित गरेको थियो । बङ्गलादेशले हालसम्म दुई खेल जित्दै छ अङ्कसहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा नेपाललाई हराएको भारतको तीन अङ्क रहेको छ । भुटानले हालसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन ।
लिग चरणको अन्तिम खेल माघ २१ मा भारत र भुटानका तथा नेपाल र बङ्गलादेशबिच खेल हुनेछ । माघ २४ मा अङ्क तालिकाको शीर्ष दुईमा रहने टोलीबिच प्रतियोगिताको फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण