एलन मस्कको स्पेस एक्सले एक्सएआई किन्ने
वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआई किन्ने भएको छ । स्पेसएक्सले आफ्नो वेबसाइटमा मस्कको आन्तरिक मेमो सार्वजनिक गर्दै दुई कम्पनी गाभिने कुरा पुष्टि गरेको हो ।
यो एकीकरणले नवप्रवर्तन इन्जिन सिर्जना गर्ने मस्कले मेमोमा बताएका छन् । यसरी बन्ने कम्पनीमा एआई, रकेट प्रविधि, स्याटेलाइट इन्टरनेट र डिजिटल मिडिया एउटै छातामुनि रहने बताइएको छ । सम्झौताको औपचारिक मूल्य सार्वजनिक गरिएको छैन । तर स्रोतका अनुसार एक्सएआईको मूल्याङ्कन करिब १ खर्ब २५ अर्ब डलर र स्पेसएक्सको करिब १० खर्ब ट्रिलियन डलर आँकिएको छ । यो अधिग्रहणले स्पेसएक्सलाई विश्वकै सबैभन्दा मूल्यवान् निजी कम्पनी बनाउनेछ ।
यसअघि टेस्लाले एक्सएआईमाथि २ अर्ब डलर लगानी गरेको थियो । एक्सएआईले टेस्लाका स्वचालित रोबोट कारखानालाई अर्केस्ट्रा कन्डक्टरजस्तै समन्वय गर्ने मस्कले बताएका थिए । यद्यपि, केही शेयरधनीले टेस्लाको स्रोत मस्कको अर्को कम्पनीमा सारिएको भन्दै विरोध गरेका थिए यो अधिग्रहण स्पेसएक्सको सम्भावित आईपीओ तयारीसँग जोडिएको देखिएको विश्लेषक एमिली झेङले बताएका छन् । उच्च कम्प्युटिङ, ऊर्जा र पूर्वाधार लागतका कारण ठुला टेक कम्पनीहरू सार्वजनिक बजारतर्फ अघि बढिरहेका छन् । मस्कले दीर्घकालमा स्पेस–आधारित एआई मात्र वास्तविक रूपमा विस्तारयोग्य हुने दाबी गर्दै एआई स्याटेलाइट प्रक्षेपण तत्काल प्राथमिकता हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण