नयाँ बानेश्वरमा जेनजी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा
सारांश
- नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भ्रष्टाचार विरुद्धको आन्दोलनमा ज्यान गुमाएका योद्धाको सम्झनामा क्षमायाचना पूजा गरियो।
- भदौ २३ गते सुशासनको माग गर्दै प्रदर्शन गर्दा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो।
- आन्दोलनमा ज्यान गुमाएकाहरूका सपना पूरा गर्न र सरकारलाई दबाब दिन युवाहरूले धार्मिक अनुष्ठान गरे।
काठमाडौँ । भ्रष्टाचार विरुद्धको आन्दोलनमा ज्यान गुमाएका 'जेनजी' योद्धाको सम्झनामा मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमायाचना पूजा गरिएको छ। जेनजी सुशासन योद्धा परिवारले आयोजना गरेको यस कार्यक्रममा शहीदहरूको आत्मशान्तिका लागि होम, धूप-धुमारसहित सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो।
गत भदौ २३ गते सुशासनको माग गर्दै संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको थियो। सोही घटनाको विरोधमा भदौ २४ गते देशभर आक्रोश फैलिएको थियो, जसका क्रममा सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत लगायतका सार्वजनिक तथा निजी भवनहरूमा आगजनी भएको थियो। ती दुई दिनको भीषण आन्दोलनका क्रममा मुलुकभर जम्मा ७६ जनाले ज्यान गुमाएका थिए।
सरकारले आन्दोलनमा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गरिसकेको छ। यद्यपि, सुशासन र भ्रष्टाचार अन्त्यको मुख्य माग राखेर भएको उक्त ऐतिहासिक युवा विद्रोहपछि गठित सरकारले शहीदका सपना र आन्दोलनकारीका माग सम्बोधन गर्न ठोस कदम नचालेको गुनासो व्याप्त छ। आफ्ना साथीहरूको बलिदानलाई बिर्सन नदिन र सरकारलाई दबाब दिन युवाहरूले संसद भवन अगाडि नै यो शान्तिपूर्ण धार्मिक अनुष्ठान गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण