फिल्म ‘श्रीनिवास’ निर्माण घोषणा, मुख्य भूमिकामा हरिवंश
मङ्गलबार, २० माघ २०८२, १७ : ४५
काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण गरेको एसएम मोसन पिक्चर्सले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माण घोषणा गरेको छ ।
मंगलबार वरिष्ठ कलाकार हरिवंश आचार्य र अभिषेक खड्कालाई मुख्य भूमिकाका लागि अनुबन्धित गर्दै फिल्म घोषणा गरिएको हो ।
अभिषेकको डेब्यु फिल्म ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदै छ । उनको यो अभिनयमा दोस्रो फिल्म हुनेछ । हरिवंशले यस ब्यानरमा बनेको ‘हरिबहादुरको जुत्ता’मा मुख्य भूमिका निर्वाह गरेका थिए । सरोज ओली र मोहितवंश आचार्यको निर्माण रहेको फिल्मलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन् ।
यसअघि उनीहरूले फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेका थिए ।
‘श्रीनिवास’मा अभिमन्यु निरावीको लेखन रहनेछ । फिल्मका अन्य कलाकार प्राविधिक पक्ष छनोटको क्रममा रहेको निर्माता सरोज ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण