नेपाल लाइफ र इसेवाको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ। अप्रत्याशित घटनाबाट परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको यस योजनाले न्यून प्रिमियममै उच्च बीमा सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीका अनुसार सहज, सुलभ र किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ।
१ वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाअन्तर्गत वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट सुरु हुने र ५ लाखदेखि २० लाख रुपैयाँसम्मको जीवन बीमा सुरक्षा उपलब्ध हुने छ। १८ देखि ६० वर्ष उमेर समूहका नागरिकले यो योजना लिन सक्नेछन्।
योजनाअन्तर्गत आकस्मिक मृत्यु तथा दुर्घटनाबाट मृत्यु भएमा बीमा सुरक्षा प्रदान गरिनेछ। ग्राहकहरूले इसेवा एपमार्फत सजिलै बीमा खरिद गर्न सक्ने र पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण