एन्फा राष्ट्रिय लिग : चित्लाङ र काँक्रेबिहारको बराबरी अंक
बुधबार, २१ माघ २०८२, १४ : ५२
सारांश
- एन्फा राष्ट्रिय लिगमा चित्लाङ र काँक्रेविहार क्लबले २-२ गोलको बराबरी खेले।
- काँक्रेविहारका भरत नागल र सन्दीप देउवा तथा चित्लाङका चेतन कुमार थारु र अरोन थापाले गोल गरे।
- बराबरीपछि काँक्रेविहारले पहिलो अंक जोड्यो भने चित्लाङको ६ अंक कायम छ।
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबले काँक्रेबिहार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ र काँक्रेबिहारले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
काँक्रेबिहारका तर्फबाट भरत नागलले खेलको २९ औँ मिनेट र सन्दीप देउवाले खेलेको इन्जुरी समयमा गोल गरेका थिए भने चित्लाङका तर्फबाट चेतनकुमार थारुले खेलको ७६ र अरोन थापाले खेलको ८६ औँ मिनेटमा गोल गरेका थिए ।
बराबरी सँगै ५ खेल खेलेको काँक्रेबिहार क्लबले लिगमा पहिलो अंक जोड्न सफल भएको छ भने ६ खेल खेलको चित्लाङको ६ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण