शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

जथाभावी पार्किङ गरिएका १५ वटा रात्रिबस नियन्त्रणमा

बुधबार, २१ माघ २०८२, १५ : १०
बुधबार, २१ माघ २०८२

सारांश

  • काठमाडौं उपत्यकामा जथाभाबी पार्किङ गरिएका १५ वटा रात्रि बस ट्राफिक प्रहरीले नियन्त्रणमा लियो।
  • यातायात व्यवस्था ऐनअनुसार बस चालकलाई जरिवाना गरिनेछ।
  • रुट permit उल्लंघन गर्ने बसलाई सचेत गराउँदै कारबाही गरिनेछ।

काठमाडौँ । काठमाडौं उपत्यकामा जनभावी पार्किङ गरेर रखिएको अवस्थामा ट्राफिक प्रहरीले १५ वटा रात्रि बस नियन्त्रणमा लिएको छ । बुधवार विशेष चेकिङ गरेर ती बसहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

लामो दुरीका बसहरूले जथाभाबी पार्किङ गर्ने र बाटो इजाजत अनुसारको गन्तव्यमा नजानेहरूलाई ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । नियन्त्रणमा लिइएका बसहरूलाई रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरीको कार्यालयमा राखिएको छ ।

ती बसका चालकलाई यातायात व्यवस्था ऐन–२०४९ को दफा ७५ अनुसार १ हजार देखि ५ हजारसम्म जरिवाना गरिने एसपी सुवेदीले बताए । उपत्यका बाहिर चल्ने लामो दुरीका बसलाई रुट परमिट अनुसार मात्रै सञ्चालन गर्ने गरी चालकलाई सचेत गराउने सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप