सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

'युनिफिकेशन चर्चसँग बाबुराम भट्टराईको संलग्नता छैन, भ्रम फैलाइयो'

बुधबार, २१ माघ २०८२, १६ : १५
बुधबार, २१ माघ २०८२

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सचिवालयले युनिफिकेशन चर्चसँग भट्टराईको संलग्नता नरहेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा प्रमाणविनाको भ्रामक समाचार फैलाएको सचिवालयले जनाएको छ । 

समाचारमा कुनै पनि ठोस तथ्य वा प्रमाण नरहेको स्पष्ट भइसकेको भए पनि उत्तेजनात्मक शीर्षक र प्रस्तुतिमार्फत अन्य पूर्व प्रधानमन्त्रीहरूसँग जोडेर अनावश्यक भ्रम सिर्जना गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

२०६८ सालमा एकनाथ ढकाल मन्त्रिपरिषद्‌मा सहभागी भएको उल्लेख बाहेक यस प्रसङ्गसँग सुसङ्गत कुनै आधार प्रस्तुत गरिएको छैन, जबकि त्यतिबेला उक्त विषय सार्वजनिक बहसमा नै थिएन। पहिलो संविधानसभाको सन्दर्भ र सरकारको संरचना पनि फरक प्रकृतिको थियो,सचिवालयले भनेको छ । 

उक्त सामाग्रीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बारे आम जनतामा पर्न गएको भ्रमप्रति सार्वजनिक माफी माग्नुका साथै आगामी दिनमा यस्ता सन्दर्भविहीन र तथ्यहीन सामग्री सम्प्रेषण नगर्नु विनम्र एवं स्पष्ट ध्यानाकर्षण गराइएको छ । 

dg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप