बागलुङ प्रहरीद्वारा ११५ थान अवैध भरुवा बन्दुक बरामद
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । पछिल्लो ४० दिनमा जिल्लाका विभिन्न सामुदायिक वनबाट उक्त परिमाणमा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरेको बन्दुक बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिइएको बागलुङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट ६६ थान, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा भरुवा बन्दुक बरामद भएको उनको भनाइ छ । ठुलो परिमाणमा बन्दुक बरामद भए पनि व्यक्ति भने पक्राउ नपरेको प्रहरी उपरीक्षक भारतीले बताए ।
जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरी उपरीक्षक भारतीले भने, ‘करिब डेढ महिनाको अवधिमा ठुलो परिणाममा अवैध बन्दुक बरामद गर्यौँ । चुनाव लक्षित सुरक्षालाई मध्यनजर गरी हातहतियार खोज्ने अभियान थालेका थियौँ । विभिन्न चौकीबाट खटिएको टोलीले वन जंगल र खोल्सामा ती हतियार फेला परेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण