फिल्मले दर्शक रुवाएपछि निर्देशकले मागे माफी
काठमाडौँ । फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द्र पन्तले दर्शकसँग माफी मागेका छन् । आफ्नो फिल्मले दर्शकलाई रुवाएको, पुराना घटना सम्झाएर दुःख दिएको भन्दै माफी मागेका हुन् ।
पन्तले सामाजिक सञ्जालमार्फत एक माफी पत्र सार्वजनिक गर्दै माफी मागेका हुन् । ‘आ बाट आमा हेर्नुहुने सम्पूर्ण दर्शकहरूलाई हामी सरी भन्न चाहन्छौँ । हाम्रो फिल्म हेरेर तपाईहरू धेरै रुनुभयो । भक्कानिनुभयो र पुराना पीडाहरू सम्झेर मन दुखाउनुभयो । कतिपय दर्शकहरू फिल्म हेर्दाहेर्दै बेहोस हुनुभएको, कोही बिरामी पर्नुभएको र धेरैलाई मानसिक रूपमा गाह्रो भएको खबर हामीले पायौँ,’ उनले सार्वजनिक पत्रमा अगाडि लेखेका छन् ‘हाम्रो उदेश्य कसैलाई रुवाउने वा चोट पुर्याउने पक्कै थिएन ।’
उनले थपेका छन्, ‘जब फिल्मको कथा, आफ्नै जीवनको कथा जस्तो लाग्छ, तब मन थाम्न धेरै गाह्रो हुँदो रहेछ। तपाईको मन दुखेकोमा हामी माफी चाहन्छौँ ।’ निर्देशक पन्तले माफीसँगै आफ्नो फिल्म हेर्ने सबै दर्शकलाई धन्यवाद पनि दिएका छन् ।
‘आ बाट आमा’ आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्म फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रवीन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलिप अखेडालगायत कलाकारको अभिनय छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण