साउदी फुटबलसँग रोनाल्डोको सम्बन्धमा दरार, युरोप फर्किने चर्चा
सारांश
- क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिग र क्लब अल नासरको पछिल्लो नतिजाबाट सन्तुष्ट छैनन्, जसले गर्दा सम्बन्ध बिग्रिएको छ।
- रोनाल्डोको असन्तुष्टि साउदी पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) सँग छ, जसले अन्य टोलीलाई प्राथमिकता दिएको आरोप छ।
- युरोपियन फुटबलमा फर्किने सम्भावनाबारे चर्चा चलिरहेको छ, जसमा स्पोर्टिङ लिस्बन पहिलो रोजाइमा रहेको बताइएको छ।
रियाद । साउदी अरबमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै सुरु भएको उत्साह अहिले तनावमा परिणत भएको छ। साउदी प्रो लिग र आफ्नो क्लब अल नासरको पछिल्लो दिशालाई लिएर पोर्चुगिज स्टार सन्तुष्ट छैनन्, जसका कारण उनी र साउदी फुटबल अधिकारीहरूबिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको हो।
पछिल्लो खेलमा रोनाल्डोको अनुपस्थितिलाई शारीरिक समस्या नभई एक प्रकारको विरोधका रूपमा हेरिएको छ, जसले साउदी फुटबलको जग नै हल्लाइदिएको छ। रोनाल्डोको मुख्य असन्तुष्टि साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) सँग रहेको छ, जसले त्यहाँका ठूला क्लबहरूलाई नियन्त्रण गर्छ।
रोनाल्डोको बुझाइमा यो फन्डले निष्पक्ष काम गरेको छैन र अन्य टोलीहरूलाई बढी प्राथमिकता दिँदा अल नासर मारमा परेको छ। विशेषगरी करिम बेन्जेमालाई अल इत्तिहादबाट अल हिलालमा सरुवा गर्ने निर्णयले रोनाल्डोलाई थप चिढ्याएको छ। यस सरुवाले अल नासरको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई थप बलियो बनाएको र लिगको प्रतिस्पर्धात्मक सन्तुलन बिगारेको उनको ठम्याइ छ।
साउदी फुटबल आयोजनाको मुख्य खम्बाका रूपमा भित्रिएका रोनाल्डोले अहिले आफू र आफ्नो क्लबलाई दोस्रो दर्जामा राखिएको महसुस गरिरहेका छन्। आफूलाई केवल प्रचारको माध्यम बनाइएको तर खेलकुदको हिसाबले अन्य टोलीलाई बढी सहयोग गरिएको भन्दै उनले पछिल्लो खेल नखेल्ने निर्णय लिएका हुन्।
रोनाल्डोको यो विद्रोही कदमलाई साउदी अरबमा सामान्य रूपमा लिइएको छैन। उनले आफ्नो प्रभाव प्रयोग गर्दै संरचनात्मक परिवर्तनका लागि दबाब दिइरहेका छन् वा चाँडै क्लब छोड्ने तयारी गरिरहेका छन् भन्ने अड्कलबाजी सुरु भएको छ।
यसैबिच, रोनाल्डो पुनः युरोपेली फुटबलमा फर्किने सम्भावनाले निकै चर्चा पाएको छ। सम्भावित गन्तव्यका रूपमा उनको पहिलो क्लब स्पोर्टिङ लिस्बनको नाम अग्रस्थानमा देखिएको छ। आफ्नो व्यावसायिक करियर सुरु गरेको क्लबमा फर्कनु रोनाल्डोका लागि भावनात्मक र ऐतिहासिक रूपमा अर्थपूर्ण हुनेछ।
आर्थिक रूपमा यो सरुवा चुनौतीपूर्ण भए पनि रोनाल्डोको खेलकुदप्रतिको भोक र विरासतका अगाडि पैसा गौण बन्न सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण