भोजपुरमा करिब चौध सय किशोरीलाई एचपीभी खोप लगाइँदै
भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिइन् ।
जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख बनमालीले बताए । उनका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइनेछ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाईसमेत यसपटक अनिवार्यरूपमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ ।
विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिन लागिएको हो । खोप अभियान अन्तर्गत जिल्लामा २३१ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र एक स्वयंसेवक परिचालन हुने छन् ।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर समस्यामध्ये एक हो । पाठेघरको क्यान्सर न्यूनीकरणका लागि ३० वर्षमाथिका महिलाको क्यान्सर ‘स्क्रिनिङ’ कार्यक्रम पनि सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण