आलिया र राजकुमारको पहिलोपटक जोडी बाँधिने चर्चा
मुम्बई । बलिउडकी भर्सटाइल अभिनेत्री आलिया भट्ट यतिबेला आफ्ना फरक-फरक प्रोजेक्टका कारण चर्चामा छिन्। ‘अल्फा’ जस्तो एक्सन फिल्म र ‘लभ एण्ड वार’ जस्तो पिरियड ड्रामापछि अब उनी सम्बन्धमा आधारित एउटा सामाजिक ड्रामा फिल्म ‘हाउसवाइफ’ मा देखिने भएकी छन्। यो फिल्मलाई 'दृश्यम २' का निर्देशक अभिषेक पाठकले निर्माण गर्दैछन्।
भेराइटी इन्डियाको रिपोर्ट अनुसार, आलियाले यस फिल्ममा शीर्ष भूमिका निभाउनेछिन्। मुख्य अभिनेताका लागि राजकुमार रावसँग कुराकानी भइरहेको छ, यद्यपि आधिकारिक घोषणा हुन भने बाँकी छ।
यस फिल्ममा आलिया केवल अभिनेत्रीका रूपमा मात्र नभई आफ्नो कम्पनी ‘एटर्नल सनशाइन प्रोडक्सन’ मार्फत सह-निर्माताको रूपमा पनि जोडिनेछिन्। उनले अभिषेक पाठकको प्यानोरमा स्टुडियोसँग मिलेर यो प्रोजेक्ट अघि बढाउने भएकी हुन्।
फिल्मको छायाङ्कन यसै वर्षको अगस्ट-सेप्टेम्बरदेखि सुरु हुने सम्भावना छ। निर्देशक पाठकले ‘दृश्यम ३’ को काम सकेपछि यस प्रोजेक्टलाई अघि बढाउनेछन्।
आलिया यतिबेला निकै व्यस्त छिन्। उनको पाइपलाइनमा शिव रावलको एक्सन थ्रिलर 'अल्फा' छ, जहाँ उनी एक महिला कमान्डिङ अफिसरको शक्तिशाली भूमिकामा देखिनेछिन्। यो फिल्म वाईआरएफ स्पाइ युनिभर्सको हिस्सा हो, जसमा बबी देओल पनि मुख्य भूमिकामा छन्।
यसका साथै आलिया सञ्जय लीला भन्सालीको महत्त्वाकाङ्क्षी फिल्म ‘लभ एण्ड वार’ मा रणवीर कपुर र विक्की कौशलसँग देखिनेछिन्। उनी सन् २०२७ का लागि म्याडक फिल्म्सको हरर-कमेडी ‘चामुण्डा’ लगायत अन्य ठूला प्रोजेक्टका लागि पनि छलफलमा छिन्।
पछिल्लो पटक उनलाई वासन बालाको फिल्म ‘जिग्रा’ मा देखिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण