मधेसमा जसपा नेपाललाई धक्का : प्रदेश कोषाध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश
बिहीबार, २२ माघ २०८२, १५ : ३२
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा जसपा नेपाललाई मधेस प्रदेशमा धक्का लागेको छ।
- जसपा नेपालका मधेस प्रदेश कोषाध्यक्ष विष्णु साहसहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे।
- सिरहाका जसपा नेपालका शीर्ष नेता रामसोगरथ यादव पनि रास्वपामा प्रवेश गरेका छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दै मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा)नेपाललाई धक्का लागेकाे छ । जसपा नेपालका मधेस प्रदेश कोषाध्यक्ष विष्णु साहसहितका नेताहरू बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन् ।
मधेस प्रदेशका कोषाध्यक्ष साह,जसपा नेपाल गोलबजार नगरपालिकाका पूर्वनगर अध्यक्ष हरिनारायण (हिरा), कर्जन्हा गाउँपालिकाका वडा समिति अध्यक्ष सुरेश साह र सिरहा–४ का पूर्व क्षेत्रीय अध्यक्ष पवित्रनारायण यादव रास्वपा प्रवेश गरेका जेनजी आन्दोलनका अगुवा एवं रास्वपाका नेता पुरुषोत्तम यादवले बताए ।
सिरहाका जसपा नेपालका शीर्ष नेता रामसोगरथ यादव पनि रास्वपा प्रवेश गरेका छन् । उनी २०७० मा संविधान सभामा चुनाव लडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण