रणवीरको ‘रामायण’ मा विजय सेतुपतिको इन्ट्री
सारांश
- नितेश तिवारीको फिल्म 'रामायण' मा विजय सेतुपति विभीषणको भूमिकामा देखिने भएका छन्।
- रणवीर कपुर 'भगवान राम' र यश 'रावण' को भूमिकामा रहनेछन्।
- यो फिल्म प्यान इन्डिया स्तरमा रिलिज हुनेछ र संगीत एआर रहमान र ह्यान्स जिमरले दिनेछन्।
मुम्बई । नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’ को स्टार कास्टलाई लिएर नयाँ जानकारी सार्वजनिक भएको छ । यो फिल्ममा अब दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता विजय सेतुपति पनि देखिने भएका छन् ।
फिल्ममा रणवीर कपुर ‘भगवान राम’ को भूमिकामा देखिनेछन् भने साउथका सुपरस्टार यश ‘रावण’ को भूमिकामा नजर आउनेछन् । हालै बाहिरिएको रिपोर्ट अनुसार, विजय सेतुपतिले फिल्ममा रावणका भाइ ‘विभीषण’ को भूमिका निभाउने भएका छन् ।
रामायणमा विभीषणको पात्रलाई सत्य र धर्मको प्रतिक मानिन्छ, जसले आफ्नै दाजु रावणको अधर्मको साथ नदिई भगवान रामलाई साथ दिएका थिए । यद्यपि, विजय सेतुपतिको यस भूमिकाबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरेको छैन ।
फिल्ममा रणवीर, यश र विजयका साथै सन्नी देओल, रवि दुबे र साई पल्लवी जस्ता दिग्गज कलाकारहरूको पनि अभिनय रहनेछ । यो फिल्मलाई प्यान इन्डिया स्तरमा रिलिज गरिनेछ । फिल्मको संगीत ओस्कार विजेता एआर रहमान र हलिउडका प्रसिद्ध संगीतकार ह्यान्स जिमरले मिलेर तयार पारिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण