समाचार
स्पष्टीकरण सोधिएकामध्ये २४ उम्मेदवारले बुझाए आयाेगलाई जवाफ
शुक्रबार, २३ माघ २०८२, १६ : १०
काठमाडाैँ । निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् ।
आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेकोमा २४ जनाले प्रस्टीकरण बुझाएको जानकारी दिएको हो ।
‘आयोगले ३४ वटा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ पाइसकेका छौँ,’ पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनको व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण