चुरे फेदीको बस्ती दोमिल्लामा बाघको त्रास
कञ्चनपुर । कृष्णपुर नगरपालिका-१ चुरे फेदीको दोमिल्लामा बस्तीमा बाघको त्रास बढेको छ । एश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय किसानका गोठबाट बाख्रा र घर आँगनबाटै कुकुर तानेर खान थालेको हो ।
सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाका अनुसार बगान नजिक गएमा बाघ गर्जेर आउने गरेको छ । बाघले हालसम्म स्थानीय किसान सफल बुढाको बाख्रा, कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै लगेर मारेर खाएको अध्यक्ष बुढाले बताए ।
“बाघ बस्ती नजिकैको अम्रिसो बगान क्षेत्रमा रहेपछि सामुदायिक वन प्रवेशमा रोक लगाएका छौँ”, उनले भने, “बाघले बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।”
सामुदायिक वनका उपभोक्तालाई उच्च सर्तकता अपनाई जीउधनको सुरक्षाका लागि सचेत गराइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण