चीनले गोप्य रुपमा आणविक परीक्षण गरेको अमेरिकाको दावी
वासिङ्टन डिसी । चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप वासिङ्टनले शुक्रबार लगाएको छ। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ।
“चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरेको र सयौँ टनको परिमाणमा परीक्षण गर्ने तयारी गरेको कुरा जानकार रहेको मैले पुष्टि गर्न सक्छु,” जेनेभामा आयोजित निशस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले दावी गरे ।
उनले भने, “चीनले सन् २०२० को जुन २२ मा यस्तै उत्पादन विकास गर्ने आणविक परीक्षण गरेको थियो ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको अन्त्यतिर पनि यस्तै आरोप लगाएका थिए ।
राष्ट्रपति ट्रम्पले अक्टोबर ३१ मा वासिङ्टनले मस्को र बेइजिङसँग समान आधारमा आणविक परीक्षण सुरु गर्ने बताएका थिए । डिनान्नोले शुक्रबार भने, “चीनको पिपुल्स लिबरेसन आर्मीले ‘आणविक विस्फोटलाई ओझेलमा पारेर परीक्षण लुकाउन खोजेको छ किनकि यी परीक्षणहरूले परीक्षण प्रतिबन्ध प्रतिबद्धताहरूको उल्लङ्घन गरेको पुष्टि गरेका छन्।”
उनले चीनले ‘डिकपलिङ (भूकम्पीय अनुगमनको प्रभावकारिता घटाउने विधि) प्रयोग गरेर आफ्ना गतिविधि संसारबाट लुकाउन प्रयोग गरेको आरोप लगाए ।
शीर्ष आणविक शक्ति राष्ट्रहरू अमेरिका र रूसबीचको अन्तिम सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि अमेरिकाले रुस र चीनसँग आणविक हतियारको नयाँ सीमा तोक्नका लागि रुस र चीनसँग त्रिपक्षीय वार्ताको आह्वान गर्ने नयाँ अमेरिकी योजना प्रस्तुत गरिरहेका बेला डिनान्नोको यो टिप्पणी आएको हो ।
चीनले यसअघि नै निशस्त्रीकरण वार्तामा सामेल हुन अस्वीकार गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउन्ड अफ १६ : सबैभन्दा प्रभावशाली खेल, खेलाडी र आकर्षक क्षण
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण