सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
शनिबार, २४ माघ २०८२, १५ : ०५
सारांश
- वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।
- परिवार मुम्बईबाट आएपछि अन्त्येष्टि गरिनेछ।
- श्रद्धाञ्जलीका लागि पार्थिव शरीर राखिनेछ।
काठमाडौँ । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । थापाको परिवार मुम्बईबाट आएलगत्तै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो ।
त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राखिने कलाकार संघका सदस्य गोपाल ढकालले जानकारी दिए । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । नेपाली चलचित्रमा 'खलनायक' को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा 'राते काइँला' को नामले चर्चित थिए ।
उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण