बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
कार्यसम्पादन समिति बैठक

कांग्रेस निर्वाचन परिचालन निर्देशिका कार्यसम्पादन समितिबाट पारित

आइतबार, २५ माघ २०८२, ११ : १३
आइतबार, २५ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरेको छ ।
  • उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समितिले निर्देशिका तयार पारेको हो ।
  • निर्देशिकामा 'फागुन २१ कालागि मेरो २१ दिन' भन्ने प्रतिबद्धता सहित नेता कार्यकर्ता चुनावमा खटिने उल्लेख छ।

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ पारित भएको छ । आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो । 

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले तयार गरेको निर्देशिका बैठकबाट पारित भएको हो ।  निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’  भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ । उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ । 

त्यो  नीति अन्तर्गत पार्टीका सबै नेता कार्यकर्ता चुनावको मैदानमा खटिने निर्देशिकामा उल्लेख छ । निर्देशिकामा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारीका साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि तत तत स्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहने उल्लेख छ । 

तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आ–आफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहने निर्देशिकामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप