गुल्मी– २ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना उम्मेदवारलाई नयाँले चुनौती दिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गोकर्ण विष्ट र विभिन्न राजनीतिक दलका नयाँ उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएकाले यहाँ निर्वाचन रोचक हुने भएको हो ।
गुल्मी–२ मा एमाले नेता विष्ट पाँचाैँ जितको खोजीमा रहेका छन् भने उनीसँग स्पर्धा गर्ने सबै नयाँ अनुहार छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ प्रतिष्ठाको राजनीति गर्ने नेताका रुपमा चिनिन्छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थी प्रत्याशी रहेका छन् । पुराना उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि विगतमा गरेका गतिविधिलाई मतदाताले समीक्षा गरेका छन् भने नयाँ उम्मेदवारहरुको योगदान पनि सामाजिक सुधार एवं विकासप्रति निरन्तर सक्रिय रहेकाले मतदाताले कसलाई रोज्छन् भन्न कठिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण