लिभरपुलमाथि म्यान सिटीको रोमाञ्चक जित
सारांश
- आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई २-१ गोलले पराजित गर्यो।
- लिभरपुलका स्जोबोस्लाइले सुरुमा गोल गरे पनि सिटीले अन्तिममा पुनरागमन गर्यो।
- हालान्डको पेनाल्टी गोल र स्जोबोस्लाइको रातो कार्ड खेलको मुख्य आकर्षण रहे।
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि अन्तिम क्षणसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा २–१ को जित हात पारेको छ ।
खेलको ७४ औँ मिनेटमा डोमिनिक स्जोबोस्लाइले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको अन्त्यतिर सिटीले जबरजस्त पुनरागमन गर्यो । ८४औँ मिनेटमा बर्नार्डो सिल्भाले बराबरी गोल गरेपछि खेल थप तनावपूर्ण बन्यो । इन्जुरी समयमा अर्लिङ हालान्डले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै सिटीलाई बहुमूल्य तीन अंक दिलाए ।
खेलको अन्तिम क्षणमा लिभरपुलका स्जोबोस्लाइले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड बेहोरे, जसले लिभरपुलको निराशा अझ बढायो ।
यो नतिजापछि म्यानचेस्टर युनाइटेड २५ खेलबाट ४४ अंकसहित तालिकाको चौथो स्थानमा यथावत् छ भने समान २५ खेल खेलेको लिभरपुल ४३ अंकका साथ पाँचौँ स्थानमा झरेको छ । उपाधि तथा शीर्ष चारको दौड झनै चर्किँदै गएको अवस्थामा आगामी खेलहरू दुवै टोलीका लागि निर्णायक बन्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण