अनीत र विशाल म्याडकको हरर-कमेडी युनिभर्समा
सारांश
- अभिनेत्री अनीत पड्डा र विशाल जेठवा 'शक्ति शालिनी' मा मुख्य भूमिकामा देखिने भएका छन्।
- कियारा आडवाणीको स्थानमा अनीतले यो भूमिका पाएकी हुन्, चलचित्रको निर्देशन आदित्य सरपोतदारले गर्नेछन्।
- 'शक्ति शालिनी' चम्बल क्षेत्रको लोककथामा आधारित हुने र मार्च २०२६ बाट सुटिङ सुरु हुनेछ।
मुम्बई । बलिउडमा उदयमान कलाकार अनीत पड्डा र विशाल जेठवा म्याडक फिल्म्सको चर्चित हरर–कमेडी युनिभर्सको नयाँ चलचित्र ‘शक्ति शालिनी’ मा देखिने भएका छन्। दिनेश विजन र अमर कौशिकको सुपरहिट युनिभर्सको यस नयाँ शृङ्खलामा अनीतले मुख्य महिला सुपरन्याचुरल पात्रको भूमिका निभाउनेछिन् भने विशाल उनको प्रेमिल जोडीका रूपमा देखिनेछन्।
यसअघि सन् २०२४ को अक्टोबरसम्म यो प्रोजेक्टमा कियारा आडवाणीको नाम जोडिएको थियो, तर अहिले कियारालाई रिप्लेस गर्दै अनीतले यो भूमिका हात पारेकी हुन्। यो चलचित्रलाई ‘मुञ्ज्या’ फेम निर्देशक आदित्य सरपोतदारले निर्देशन गर्नेछन्।
चलचित्रको कथा चम्बल क्षेत्रको लोककथामा आधारित हुने र यसमा दैवीय शक्ति तथा हाई-अक्टेन एक्सनलाई प्राथमिकता दिइने बताइएको छ। अनीत र विशालले यसअघि काजोलको ‘सलाम भेन्की’ मा सँगै काम गरे पनि मुख्य जोडीका रूपमा यो उनीहरूको पहिलो सहकार्य हुनेछ।
करियरको महत्त्वपूर्ण मोडमा रहेकी अनीत अहिले अभिनयसँगै आफ्नो पढाइलाई पनि प्राथमिकता दिइरहेकी छिन्। राजनीति शास्त्रमा स्नातक गरिरहेकी उनले परीक्षा सकिएपछि मात्र मार्च २०२६ बाट चलचित्रको सुटिङ सुरु गर्नेछिन्।
अनीतका साथै विशालका लागि पनि यो चलचित्र व्यावसायिक रूपमा ठुलो 'टर्निङ पोइन्ट' हुने अपेक्षा गरिएको छ। ‘शक्ति शालिनी’ बाहेक अनीत कोर्टरुम ड्रामा ‘न्याय’ र मनिष शर्माको आगामी चलचित्रमा पनि देखिनेछिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण