धामी—झाँक्रीसँगको भिडिओबारे शाही भन्छन्, ‘कम्युनिस्ट विचारबाट विचलन हैन, स्थानीय संस्कृतिलाई सम्मान गरेको हो’
सारांश
- कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले धामीझाँक्रीबाट आशीर्वाद लिएको भिडिओ सार्वजनिक भएपछि स्पष्टीकरण दिएका छन्।
- उनले स्थानीय संस्कृति र जनआस्थालाई सम्मान गर्दै चुनावी अभियानलाई जनस्तरसँग जोडेको बताएका छन्।
- शाहीले आफू भौतिकवादी र विज्ञानसम्मत कम्युनिस्ट दर्शनप्रति दृढ रहेको बताउँदै सामाजिक रूपान्तरणमा जोड दिए।
सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार रहेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चुनावी अभियानका क्रममा धामी—झाँक्रीबाट आशीर्वाद लिँदै गरेको भिडिओप्रति टिका–टिप्पणी भएपछि उनले प्रष्टीकरण दिएका छन् ।
अभियानका क्रममा उम्मेदवार शाही पलाँता गाउँपालिका—१ खाडाबस्ती पुगेका थिए । त्यहाँ देउताका धामीले शाहीको शिरमा हात राख्दै चुनाव जित्न भन्दै आशीर्वाद दिइरहेका देखिन्छन् । उक्त भिडिओलाई १० वर्षे सशस्त्र युद्धसँग जोडेर कम्युनिस्ट विचारबाट विचलन भएको भन्दै आलोचना भएपछि उनले प्रष्टीकरण दिएका हुन् ।
शाहीले कम्युनिस्ट विचारबाट विचलन नभएको र स्थानीय संस्कृति र जनआस्थालाई सम्मान गर्दै चुनावी अभियानलाई जनस्तरसँग अझ नजिक बनाएको बताए ।
‘स्थानीयवासीले यसलाई जनप्रतिनिधिको सांस्कृतिक संवेदनशीलता र जनभावनाप्रतिको सम्मानका रूपमा लिनुभएको छ,’ शाहीले भने ।
शाहीले आफू भौतिकवादी र विज्ञानसम्मत कम्युनिस्ट दर्शनप्रति दृढ रहेको स्पष्ट पारे । ‘समाजमा विद्यमान संस्कार, परम्परा र विश्वासलाई बलपूर्वक नकार्ने भन्दा पनि क्रमिक रूपान्तरण आवश्यक हुन्छ,’ उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘कम्युनिस्ट विचार जनताबाटै जन्मिने हो, जनताको संस्कृति, भावना र मनोविज्ञान बुझ्न नसक्ने विचार कहिल्यै बलियो हुँदैन ।’
कम्युनिस्ट आन्दोलनकै इतिहास हेर्ने हो भने पनि जनसंस्कृति, जनविश्वास र सामाजिक यथार्थसँग टकराब नभई संवाद र रूपान्तरणको बाटो अवलम्बन गरिएको पनि उनको भनाइ छ ।
उनले भने, ‘हो, हामीले जनयुद्ध र आन्दोलनका कठिन कालखण्डमा अन्धविश्वासविरुद्ध आवाज उठाएका हौँ, यद्यपि जनताको चेतनास्तर फरक–फरक रहेको छ नै ।’ वैज्ञानिक सोचको विकास दीर्घकालीन सामाजिक प्रक्रियाबाट मात्रै सम्भव हुने उनको भनाइछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण