उड्न चाहनुहुन्छ ? लौ आयो आइरनम्यान सूट, चार करोडमा बेच्ने तयारी
लण्डनमा एउटा यस्तो सूट तयार गरिएको छ जसलाई लगाएर आइरनम्यानजस्तै उड्न सकिन्छ । यो सूट ब्रिटेनको इन्वेस्टर र व्यवसायी रिचर्ड ब्राउनिंगले बनाएका छन् । अब उनीहरु यसलाई बेच्ने तयारी गरिरहेका छन् । यसको मूल्य ४.४२ लाख डलर (करिब तीन करोड ८ लाख) तय गरिएको छ ।
ब्राउनिंगले उक्त सूट करिब ५० किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्ने क्षमता राख्ने दाबी गरेका छन् । यसको मद्दतले करिब १२ हजार फिटको उचाईसम्म उड्न सकिने बताइएको छ । सुटलाई पाँच जेट इन्जिन, विशेष प्रविधी र थ्रीगी प्रिन्टेड पार्टस्ले बनाइएको छ ।
बुवादेखि जिजुहजुरबुवासम्म सबैको विमानसँग नाताः
लण्डन शहरमा तेलको कारोबार गर्ने ब्राउनिंगका पिता हवाईजहाज कम्पनीमा इन्जिनियर थिए, हजुरबुवा पाइलट र जिजुहजुरबुवा हेलिकोप्टर बनाउथे । उनी भन्छन्, ‘आइरनम्यान हेरेपछि मैले त्यस्तै सूट बनाउने तयारी सुरु गरें । सुरुमा जेट विमानजस्तो सुट बनाउने कोसिस गरें तर सफल भइनँ । त्यसपछि पाँच जेट इन्जिन प्रयोग गरें जुन हावामा उडिरहेका बेला सन्तुलन बनाइराख्छ ।’
सेनाको लागि प्रयोग हुनसक्छः
ब्राउनिंग यो सूट सेनाका लागि सहयोगी हुनसक्ने मान्यता राख्छन् । वास्तवमा, यसमार्फत ती स्थानमा जान सकिन्छ जहाँ विमान वा हेलिकोप्टर जान असम्भव छ । ब्राउनिंगले अब यो सूट बनाउनका लागि कम्पनी पनि खडा गरेका छन् जसको नाम ग्राभिटी राखिएको छ ।
यहाँबाट खरिद गर्न सकिन्छः
ब्राउनिंगले १०५० हर्स पावर भएको यो सूटलाई लण्डनको एक डिपार्टमेन्टल स्टोरमा बिक्रिका लागि राखेका छन् । यसलाई खरिद गर्नका लागि केही मानिसहरुले सम्पर्क पनि गरिरहेका छन् । ब्राउनिंगले यो सूटमार्फत उडानको प्रदर्शन विभिन्न कार्यक्रममा गरिसकेका छन् । यसका साथै ग्राभिटीको ट्वीटर, इन्स्टाग्राम र फेसबुक अकाउन्टमा पनि यो सुटका विभिन्न भिडियो देख्न सकिन्छ । ब्राउनिंगलाई विश्वास छ कि भविष्यमा मानिसहरु हवाई जहाजबिना आफै उड्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण