विदेश पठाउँछु भनेर ६८ लाख ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
सारांश
- प्रहरीले ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक बद्री सिलवाललाई ठगीको आरोपमा पक्राउ गरेको छ।
- सिलवालले अध्ययन भिसामा विदेश पठाउने भन्दै ६८ लाख ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
- उनले कन्सल्टेन्सी बन्द गरेर नाम परिवर्तन गरी थप रकम असुलेको पाइएको छ।
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१० मा रहेको कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय बद्री सिलवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
चितवनको राप्ती घर भएका सिलवालले अध्ययन भिसामा विदेश पठाउँछु भनेर ६८ लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले ‘पोर्चुगल पठाउने प्रक्रिया गर्दैछु’ भनेर २१ लाख ७० हजार रकम जम्मा गर्न लगाएर कन्सल्टेन्सी बन्द गरेर हिँडेका थिए ।
उनलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले माघ २० मा पक्राउ गरेर अनुसन्धान गरिरहेको एसपी भट्टराईले बताए । कन्सल्टेन्सी बन्द गरेपछि परिचय बदलेर केदार सिलवालको नामबाट थप पीडितहरूलाई विदेश पठाउँछु भनेर रकम असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण