मतदानस्थल निरीक्षणमा तीव्रता
सारांश
- बैतडीमा निर्वाचनलाई मध्यनजर गर्दै मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ।
- अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन भइरहेको छ, जसमा ३३ वटा स्थल छन्।
- कर्मचारीको आवास, विद्युत् र खानेपानीलगायतका आधारभूत कुराको निरीक्षण भइरहेको छ।
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ ।
जिल्ला सुरक्षा समितिले अति संवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्य सूचीमा छन् । जिल्लामा अति संवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निरीक्षणका क्रममा मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवालगायतसँग छलफल गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
निर्वाचनका बेला खटिने कर्मचारीको आवास सुविधा, विद्युत्, खानेपानीलगायत आधारभूत कुराको उपलब्धतासम्बन्धी अवस्थाको पनि निरीक्षण भइरहेको छ । कतिपय मतदानस्थल तथा केन्द्रमा सिसिटिभी क्यामेराको व्यवस्था आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए।
यहाँ १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण