नालामा डुबेर बालकको मृत्यु
मङ्गलबार, २७ माघ २०८२, ०९ : ३०
कैलाली । कैलालीमा नालामा डुबेर बालकको मृत्यु भएको छ। भजनी नगरपालिका–७ चर्रामा नालामा जमेको पानीमा खसेर १८ महिनाका बालकको मृत्यु भएको हो।
स्थानीय बिपत राम कठरियाका छोरा अमन कठरिया सोमबार साँझ घर आँगनमा खेलिरहेका बेला नजिकैको नालामा जमेको पानीमा खसेका थिए।
नालामा खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण