हाम्रोभन्दा नयाँ पार्टी नेपालमा अरू कुनै छैन : प्रचण्ड
सारांश
- पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा सबैभन्दा नयाँ पार्टी भएको दाबी गरे।
- प्रचण्डले पार्टी कार्यकर्तालाई गलत भाष्य चिर्न र नेकपा नयाँ हो भनी बुझाउन निर्देशन दिए।
- उनले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको र सोही अनुसार काम गर्न सुझाव दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।
‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन’, मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नाम र भाषा र व्याकरणको दृष्टिकोणले र सबै खालका पुच्छर हटाउने दृष्टिकोणले पनि ।’
पार्टी गठन पनि गत कात्तिक १९ गते भएकाले सबै हिसाबले नेकपा नयाँ पार्टी भएको प्रचण्डको भनाइ थियो । ‘विचारको हिसाबले पनि योभन्दा नयाँ पार्टी कुनै पनि छैन । सबै वर्ग क्षेत्रको अधिकारको पहिचान गर्ने पार्टी’, उनले भने ।
प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट नयाँ भन्नेहरूले तर उनीहरूको राजनीतिक विचार सिद्धान्त नभएर पुरानाको विरोध गर्नु मात्र नयाँ हो’, उनले भने, ‘राजनीतिक इतिहासमा, सामाजिक क्रान्तिको विज्ञानमा इतिहासदेखि प्रमाणित निर्णायक कुरा विचार र राजनीतिक मुद्दा नै हो त्यो राष्ट्रहितमा छ कि छैन भन्ने मुख्य कुरा हो ।’
उनले चुनौतीका साथ विचार, नाम, संगठन र राजनीतिक मुद्दाका हिसाबले नेकपा नै नयाँ हो भनेर जनतालाई बुझाउन निर्देशन दिए । ‘जसले आफूलाई नयाँ भन्ने गरेका छन् उनीहरू विचारका दृष्टिले सबभन्दा पुराना हुन् । उदार पुँजीवाद र दलाल पुँजीवादका पक्षधर कसरी नयाँ ?’, प्रचण्डको प्रश्न छ ।
साथै उनले विभिन्न सर्भेहरूलाई हेर्दा यो निर्वाचनमा नेकपा नै पहिलो पार्टी बन्ने अवस्था रहेकाले सोही अनुसार पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनेतर्फ लाग्न सुझाव दिए । ‘हामी देशभरि घुम्दा जनताको तहमा जे स्थिति बनेको छ । विपक्षीको कुरा सुन्दा र विभिन्न सर्भेका रिपोर्ट बुझ्दा हामी पहिलो पार्टी बन्ने देखिन्छ’, प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण