बाँकेमा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए
नेपालगञ्ज । बाँकेमा चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाको अवधिमा ३१ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा भएका सवारी साधन दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका हुन् ।
बाँके ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक कनकबहादुर शाहीले चालु आर्थिक वर्षको साउनदेखि माघ २५ गतेसम्म जिल्लामा ६ सय ५३ वटा सवारी साधन दुर्घटनामा परेको बताए ।
उक्त दुर्घटनामा परेर ३१ जनाको ज्यान गएको हो । ‘हालसम्मको अवधिमा भएको दुर्घटनामा २१ जना पुरुष, ७ जना महिला र तीन जना बालकले ज्यान गुमाएका छन्,’ इन्चार्ज शाहीले भने ।
सो दुर्घटनामा परेर ६६ जना गम्भीर घाइते भएका छन् भने १ हजार ३० जना सामान्य घाइते भएका शाहीले जनाए ।
यस्तै चालु आर्थिक वर्षको हालसम्म १४ हजार ३ सय ८५ सवारी साधनलाई कारबाही गरिएको छ । उनीहरूलाई गरिएको कारबाहीबाट एक करोड १६ लाख ३१ हजार पाँच सय रुपैयाँ जरिवाना सङ्कलन भएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४ सय १३ जना र तीव्र गतिमा सवारी साधन चलाएका ५ सय ६४ जनालाई कारबाही गरिएको इन्चार्ज शाहीले बताए ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका कारण दुर्घटना बढेको इन्चार्ज शाहीले बताए । गत आर्थिक वर्ष २०८१/०८२ मा यसै अवधिमा भने ४७ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण