नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक
मङ्गलबार, २७ माघ २०८२, २१ : ३४
सारांश
- नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ।
- प्रतियोगितामा १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए, जसमा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गर्यो।
- नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि उक्त प्रतियोगितामा स्वर्ण पदक जितेको थियो।
काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।
यही माघ २२ गतेदेखि २४ गतेसम्म पाकिस्तानको पञ्जाव प्रान्तको खरियाँस्थित ‘नेशनल काउन्टर टुरिजम सेन्टर’मा आयोजित प्रतियोगितामा सर्वोत्कष्ट अङ्कसहित स्वर्ण पदक जितेको नेपाली सेनाले जनाएको छ ।
प्रतियोगितामा पाकिस्तानसहित १७ राष्ट्रका ३८ सैनिक टोली सहभागी थिए । अभ्यासमा टोलीहरुको शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान, रण कौशललगायतका क्षमताको परीक्षण गरिएको थियो । सन् २०१६ देखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको अन्तरराष्ट्रिय स्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले यसअघि सन् २०२२ र सन् २०२५ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण