बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

इजिप्ट र इरानका विदेशमन्त्रीबिच फोनमा अमेरिका–इरान आणविक वार्ताबारे छलफल

मङ्गलबार, २७ माघ २०८२, २२ : ०६
मङ्गलबार, २७ माघ २०८२

काठमाडाैँ । इजिप्टका विदेशमन्त्री बादर अब्देलअत्तिय र इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीबीच सोमबार टेलिफोन संवाद भएको छ । संवादका क्रममा अमेरिकासँग चलिरहेको इरान–अमेरिका आणविक वार्ताका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

इजिप्टका विदेशमन्त्री अब्देलअत्तियले वार्ता प्रक्रिया अगाडि बढाउन तथा क्षेत्रीय तनाव न्यूनीकरण गर्न भइरहेका कूटनीतिक प्रयासप्रति इजिप्टको पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान संवेदनशील परिस्थितिमा समस्या समाधानका लागि राजनयिक र राजनीतिक संवाद नै सबैभन्दा प्रभावकारी उपाय भएकोमा जोड दिए।

इरानी विदेशमन्त्री अरघचीले क्षेत्रीय स्थायित्व र समझदारी प्रवद्र्धन गर्न इजिप्टले खेलेको भूमिकाको प्रशंसा गर्दै आपसी संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए ।

समाचार अनुसार, यसअघि ओम्यानको मुस्कटमा इरान र अमेरिकाबिच पहिलो अप्रत्यक्ष वार्ता सम्पन्न भएको थियो । उक्त वार्ताले कूटनीतिक समाधानतर्फ केही प्रगति देखाए पनि अमेरिकी पक्षले कूटनीतिक प्रयास सफल नभएमा सैन्य विकल्प खुला रहने सङ्केत दिएको उल्लेख छ । इरानी अधिकारीहरूले भने यस्तो अवस्थाले क्षेत्रीय द्वन्द्व थप चर्किन सक्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप