बारा र पर्साको चुनावी अभियानमा बालेन शाह
बुधबार, २८ माघ २०८२, १३ : ३१
सारांश
- रास्वपाका नेता बालेन्द्र शाह चुनावी अभियानका लागि बारा र पर्सा जिल्लाको भ्रमणमा छन्।
- भ्रमणको सुरुवातमा उनी बाराको निजगढ आइपुगेका छन् र कलैया, वीरगञ्ज हुँदै सिमरा फर्किने कार्यक्रम रहेको छ।
- बालेन शाह मंगलबारदेखि मधेस प्रदेशका जिल्ला भ्रमणमा छन्, तर कतै रोकिने औपचारिक कार्यक्रम छैन।
बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह चुनावी अभियान अन्तर्गत बुधबार बारा र पर्सा जिल्लाका विभिन्न क्षेत्रको भ्रमणमा छन् ।
भ्रमणको सुरुवातमा उनी बाराको निजगढ आइपुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला अध्यक्ष चन्दन सर्राफका अनुसार बालेन निजगढबाट पिलुवा हुँदै हुलाकी सडकखण्ड प्रयोग गरेर बारा जिल्लाको सदरमुकाम कलैया पुग्ने कार्यक्रम छ ।
बालेन शाहको कतै रोकिने औपचारिक कार्यक्रम नभएकाले कलैया, वीरगञ्ज, जितपुर हुँदै ३ बजेपछि सिमरा विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम तय भएको उनको भनाइ छ ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह मंगलबारदेखि मधेस प्रदेशका जिल्ला भ्रमणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण